सम्पादकीय

धरहरा बनाउन टेलिकमको यस्तो प्रस्ताव



काठमाडौं, ११ वैशाख । नेपाल टेलिकमले करिब ६ अर्ब लगानी गरेर धरहरा पुननिर्माण गर्ने प्रस्ताव गरेको छ । त्यसका लागि सरकारले तयार गरेको ड्रइङ र डिजाइन नभइ आफैंले तयार गरेको डिजाइनको आधारमा निर्माण गर्नुपर्ने प्रारम्भिक प्रस्ताव गरेको छ । करिब ३० बर्षसम्म लिजमा दिएर निर्माण गरिने प्रस्ताव टेलिकमले अघि बढाएको छ ।

करिब १ बर्ष लगाएर तयार गरेको डिजाइन टेलिकमले नस्वीकार्ने भएको छ । अन्तराष्ट्रिय कन्सल्टेन्टबाट निर्माण गरिने डिजाइनको आधारमा नयाँ डिजाइन निर्माण गर्नुपर्ने टेलिकमले जनाएको छ ।

राष्ट्रको गौरव रहेको धरहरा पुनर्निमाण गर्न सरकारले चासो देखाएपछि विभागले सम्पूर्ण विवरण तयार गरी संस्कृति मन्त्रालयमा पेस गर्ने तयारी गरिरहेको अवस्थामा नेपाल टेलिकम आफैंले लागत बेहार्ने गरी प्रस्ताव गरेको हो । नेपाल समाचारपत्रमा समाचार छ ।