Banner News

बजेटपछि निर्वाचन गर्ने सरकारको चुनाव टार्ने खेलः आचारसंहिता उल्लंघन



काठमाडौं, ११ वैशाख । निर्वाचन नगर्न एकपछि अर्को चाल चल्दैआएको पुष्पकमल दाहाल नेतृत्वको सरकारले निर्वाचनलाई प्रभावित पार्ने अर्को खेल अघि सारेको छ । बजेट घोषणापछि निर्वाचन गर्ने, सरकारको यो निर्णयको प्रमुख प्रतिपक्ष नेकपा एमालेले विरोध गरेको छ ।बजेटमार्फत मतदाता प्रभावित गर्न सरकारले निर्वाचन दुई चरणमा गर्ने निर्णय लिएको भन्दै एमालेले असन्तुष्टि जनाएको हो । विधानअनुसार जेठ १५ मा बजेट ल्याउनुपर्छ । सरकारले गरेको निर्णयअनुसार दोस्रो चरणको निर्वाचन जेठ ३१ मा हुनेछ ।

बैशाख ३१ र जेठ ३१ गते चुनाव गराउने तयारीसँगै बजेटमा अन्योल र शंका पनि देखिएको छ । ‘चुनावमा दौरान बजेट ल्याउँदा आचारसंहिता उल्लंघन हुन्छ ।’

एमालेको संसदीय दलको बैठकमा अध्यक्ष केपी आलीले भने, ‘त्यसैले बजेट अघि चुनाव हुनुपर्छ । जेठ १५ अघि चुनाव हुनुपर्छ । बजेटभन्दा अघि चुनाव गरे केही छैन ।’ अध्यक्ष ओलीले अहिले भएको सहमति चुनाव नगर्ने षड्यन्त्र हुनसक्ने बताउँदै त्यसतर्फ सजग रहन निर्देशन दिए । प्रधानमन्त्रीको कुरा सुनेपछि ओलीले दुई चुनावको बीचमा सरकारले नीति कार्यक्रम र बजेट ल्याउने अनि सरकार परिवर्तन गर्ने कुराले निर्वाचन आचार संहिताको ठाडो उल्लंघन हुने र निर्वाचनका सर्वमान्य सिद्धान्त विपरित हुने प्रधानमन्त्रीलाई वताएको स्रोतले जानकारी गरायो । स्रोतका अनुसार ‘हामीसँग कुनै परामर्श नगरी सहमति गर्नु भयो, के सहमति गर्नु भयो अहिलेसम्म पनि हामीलाई थाहा छैन । अनि के आँखा चिम्लेर सहमति दिने हो ? ओलीले भने, ‘सहमतिको लिखित दस्तावेजमा विषयवस्तु हेरेर मात्रै धारणा दिन्छौं ।’

हिजो ओली निवास वालकोटमा करिव १ घन्टा दाहालसँग बैठक गरेपछि संचारकर्मीहरुसंग कुरा गर्दै अध्यक्षओलीले घोषित चुनावलाई निर्वाचन आयोग र राजनीतिक दलसँगको परामर्शबिना दुई चरणमा बाँड्नु समाधान भन्दा जालझेल भएको वताए । ‘यो समाधानका लागि होइन, कसरी चुनाव टार्न सकिन्छ भन्ने जालझेल गर्न खोजिएको हो’ ओलीले भने, ‘नियत सफा देखिएन ।