शैक्षिक

सिन्धुपाल्चोकमा परकम्प



काठमाडौँ, ११ वैशाख । ‘गोरखा भूकम्प’ गएको ठीक दुई वर्षपछि आज साँझ ५ बजेर ४ मिनेट जाँदा सिन्धुपाल्चोकको बरम्ची आसपास केन्द्रविन्दु भएको ४।२ रिक्टर स्केलको परकम्प गएको छ ।

सो भूकम्पपछि हालसम्म चार रिक्टर स्केल वा त्यस माथिका ४८० भूकम्प गइसकेको खानी तथा भूगर्भ विभाग, भूकम्पमापन केन्द्रले जनाएको छ । सो भूकम्पका असरबाट नौ हजारभन्दा बढी मानिसको निधन हुनाका साथै करिब २२ हजार घाइते भएका थिए । रासस