काठमाडौं, १२ वैशाख । के तपाईं कपाल झर्ने समस्याबाट ग्रसित हुनुहुन्छ रु बिज्ञहरुका अनुसार यसको पनि आफ्नै कारण छ । तीव्र सहरीकरण, तनाव, प्रदुषण, नकारात्मक जीवनशैली, खानपानमा विषादी, उचित पोषणको अभाव, रसायनको अत्यधिक उपयोगका कारणले नेपालीहरु क्रमश ‘तालु खुइले’ स्थितिमा पुगिरहेका छन् । धुलिखेल अस्पताल, छाला रोग विभागद्वारा विदेशी विशेषज्ञको सहभागितामा आयोजित कपाल पुर्नरस्थापन सम्बन्धी कार्यशालामा विशेषज्ञहरुले उक्त कुरा औंल्याएका हुन् । उसो त सबै व्यक्तिको कपाल झर्छ ।
दिनहुँ ५० देखि सय वटासम्म कपाल झर्नु सामान्य कुरा हो । तर यदि तपाईंको टाउकाको कुनै एक ठाउँमा कपाल देख्नुहुन्न वा धेरै पातलो भएको देख्नुहुन्छ भने यो कपाल झर्ने प्रकृया हुनसक्ने डर्मा डेन्ट क्लिनिक, उदयपुर भारतका डा. प्रशान्त अग्रवाल बताउँछन् । चोटपटक वा तनाबले समेत नेपालीहरुको कपाल झरिरहेको छ । ‘टेलोजेन एफयुवियम’ भनिने यो प्रकृयाअन्तर्गत लामो समयदेखिको मानसिक तनाब, उच्च ज्वरो, संक्रमण, शल्यक्रिया आदिले गर्दा कपाल झर्ने गरेको धुलिखेल अस्पतालका छालारोग विभागका प्रमुख ड. धर्मेन्द्र कर्ण औल्याउँछन ।
उनका अनुसार डेढ वर्षयता मात्रै धुलिखेल अस्पतालमा करिब पाँचसय भन्दा बढी व्यक्तिले कपाल प्रत्यारोपण गराएका छन् । थाइराइडका कारणले समेत कपाल झर्ने समस्यामा पछिल्लो केही समयदेखि बृद्घि भएको जनाउँदै डा।कर्ण भन्छन्, ‘मधुमेह रोगका कारणसमेत कपाल झर्ने गरेको छ, यो रोगमा हाम्रो कपालको जरामा रगतको आपूर्ति कम भएर हुने गरेको हो ।’
कुनै पनि रोग भएको संकेतसमेत कपाल झर्नु हुन सक्छ । थाइराइड, एनिमिया लगायत करिव ३० वटा रोगमा कपाल झर्न थाल्ने स्किन इनोसेन्स, दिल्ली की डा।सिद्घार्थ सोन्थालिया वताउछन । रोगको उपचार भएपछि कपाल झर्नु बन्द हुनुको साथै केही खास स्थितिबाहेक धेरैजसोमा झरेको कपाल फर्कन थाल्छ । यति मात्र नभएर हाल उच्च कोलेस्ट्रोल, आयरन मेटाबोलिज्मले पनि कपाल झर्ने समस्यामा योगदान दिइरहेको छ ।
अर्कातिर, उपयोग गरिने धेरैजसो औषधीले समेत कपालको स्वास्थ्यमा प्रतिकुल असर पार्दैछ । कोलेस्ट्रोल, उच्च रक्तचाप, मधुमेह आदीमा उपयोग गरिने औषधीहरु समेत कपाल झर्ने कारक हुन सक्ने पटना मेडिकल कलेज, भारतका डा.अभिजित कुमार झा औंल्याउँछन । अटो इम्युन स्थिति एलोपेसिया एरियाटाले पनि कपाललाइ झार्छ । यो समस्या मुख्यरुपमा एउटा गोलो (निश्चित) क्षेत्रमा हुन्छ ।
कपाललाइ स्वस्थ राख्न सकेसम्म कृत्रिम प्रकृयाभन्दा टाढा रहनु फायदाजनक हुन्छ । कपालमा स्प्रे, क्रिम, जेल आदिको प्रयोग सकेसम्म घटाउनुपर्छ । यसमा भएको कडा रसायनिक तत्वहरुले टाउकाको छालालाइ सुख्खा वनाएर पाप्रो वनाउन सघाउने भारतकी डा।अर्श दीप बताउँछिन । हामीहरुले रंगाउने, पर्म गर्ने, रिलेक्सयर उपयोग गर्नेजस्ता प्रकृयाले समेत कपालको स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ ।
बढी रसायन नभएको आफूलाइ उपयुक्त लाग्ने गुणस्तरिय स्याम्पु र कण्डिसनर को प्रयोग गर्नुपर्छ । प्रदुषण, वर्षाको पानी, धुलो, धुवा, घाममा बिना कुनै सुरक्षाले कपाल सुख्खा, कमजोर र टुट्ने खालको हुन्छ । कपाल धोएपछि हेयर ड्रायर नभएर सुख्खा हावामा सुकाउनु पर्छ । बेस्सरी तौलिया दलेर र तातो हावाले सुकाउने प्रकृयाले कपालको स्वास्थ्य बिगारिरहेको डा. अखलिस जैन औल्याउँछन् । कान्तिपुरमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्