Banner News

ओलीले भने –विगतको भन्दा पनि यो विधेयक राष्ट्रिय हित प्रतिकुल छ, समर्थन गर्न सकिदैन



काठमाडौं, १२ वैशाख । नेकपा एमालेका अध्यक्ष एंवसंसदीय दलका नेता केपी शर्मा ओलीले संसदमा टेबल भएको संविधान दोस्रो संसोधन विधेयकको समर्थन गर्न नसकिने बताएका छन् । हिजो संसदको बैठकमा बोल्दै उनले विगतको भन्दा पनि यो विधेयक राष्ट्रिय हित प्रतिकुल रहेकाले एमालेले समर्थन नगर्ने बताए ।

उनले स्थानीय तहका प्रतिनिधिले राष्ट्रिय सभाका सदस्य चुन्न पाउने अधिकार कटौती गरेकोमा पनि विरोध गरे । ओलीले संविधान संशोधन जति वेला मन लाग्यो त्यति वेला जेमा मन लाग्यो त्यसैमा गर्ने विषय नभएको उल्लेख गरे ।
रुपान्तरित संसदको काम निर्वाचन कानुन निर्माण गरी नयाँ जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्नु रहेको उल्लेख गर्दै सो प्रक्रियामा बाधा भएमात्र संविधान संशोधन गर्न सकिने ओलीको भनाई थियो ।