सम्पादकीय

कति नेपाली इन्टरनेटमा हरेक दिन जोडिन्छन् ?



काठमाडौं, १३ वैशाख ।  हरेक दिन कति नेपाली इन्टरनेटमा जोडिएलान् ?  दुइ चार सय वा हजार ?  सरकारी तथ्यांक अनुसार हरेक दिन ६ हजार भन्दा बढी नेपाली इन्टरनेटमा जोडिने गरेका छन् ।

नेपाल दुरसञ्चार प्राधिकरणले निकालेको पछिल्लो व्यवस्थापन सूचना प्रणाली (एमआइएस) प्रतिवेदनको तुलनात्कम विश्लेषण गर्दा यस्तो तथ्य आएको हो ।

पछिल्लो दुई प्रतिवेदनलाई आधार मान्दा एक महिनाभित्र नेपालमा कुल १ लाख ८१ हजार ६ सय ८८ इन्टरनेट प्रयोगकर्ता थपिएका छन् । एक महिनामा थपिएको इन्टरनेट प्रयोगकर्तालाई दैनिक रुपान्तरण गर्दा हरेक दिन ६ हजार ५६ नेपाली इन्टरनेटमा जोडिएको देखिन्छ । नागरिकमा समाचार छ ।