सम्पादकीय

चालक-  पैदलयात्रीमाथि ट्राफिकको निगरानी :  पैदलयात्रीले जरिवाना तिर्नुपर्ने



काठमाडौं,१३ बैशाख । चालक र यात्रुको लापरबाहीले सवारी दुर्घटना बढेपछि काठमाडौं उपत्यका ट्राफिक महाशाखाले आगामी जेठदेखि सवारी तथा यातायात व्यवस्था ऐन कार्यान्वयनमा कडाइ गर्ने भएको छ ।

महाशाखाका डिआयजी मिङ्मार लामाले जेब्रा क्रसिङमा गाडी नरोक्ने चालक, फुटपाथबाट नहिँड्ने र जेब्रा क्रसिङबाट सडक नकाट्ने पैदलयात्रीलाई कडा कारबाही गर्ने तयारी भइरहेको बताए ।

पहिलो चरणमा जनचेतनामूलक अभियान चलाउने भन्दै उनले फुटपाथ प्रयोग नगर्ने, जेब्रा क्रसिङ प्रयोग नगर्ने व्यक्तिले २ सय रुपैयाँ जरिवाना तिर्नुपर्ने बताए । कान्तिपुरमा समाचार छ ।