Banner News

समसामयिक राजनीतिक विषयमा एमाले अध्यक्ष ओली र कमल थापाबीच भेटवार्ता



काठमाडौँ, १४ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री कमल थापाबीच आज समसामयिक राजनीतिक विषयमा वार्ता भयो ।

सिंहदरबारस्थित एमालेको संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा उहाँहरुबीच स्थानीय तहको निर्वाचन, मधेसी मोर्चाका असन्तुष्टि र स्थानीय तहको पुनःसंरचनाका विषयमा छलफल भएको हो ।

स्थानीय विकासमन्त्री थापाले स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टीका रुपमा अगाडि आएको मधेसी मोर्चालाई कसरी समेटेर जाने र सीमाङ्कनसम्बन्धी विवादको निदान कसरी खोज्ने भन्ने बारेमा छलफल भएको जानकारी दिए ।

प्रमुख प्रतिपक्ष एमाले मुलुकका वर्तमान सबै समस्याको समाधान खोज्न सकारात्मक रहेको समेत उनले बताए ।