Banner News

अध्यक्ष ओलीसँग भारतीय राजदूत मञ्जिवसिंह पुरी को भेटवार्ता



काठमाडौँ, १४ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले आज भेट गर्नुभएको छ ।

एमाले मुख्यालय धुम्रबाराहीमा भएको भेटमा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार छलफलमा विद्यमान राजनीतिक गतिरोध, स्थानीय तहको निर्वाचनको तयारीलगायतका विषयमा विचार विमर्श भएको थियो ।