सम्पादकीय

खाताबाट ५ लाख रकम निकाल्दा बैंक प्रबन्धक पक्राउ परे



काठमाडौं, १६ वैशाख ।  किर्ते गरी विद्यालयको खाताबाट रकम निकालेको अभियोगमा राष्ट्रिय वाणिज्य बैंक इनरुवा शाखाका प्रबन्धक तारणीप्रसाद खतिवडा पक्राउ परेका छन् ।
उनीसँगै सेवा निवृत्त शिक्षक मनोज चौधरी र सिद्धिनाथ लालदाससमेत पक्राउ परेका छन् ।

हरिनरा १ स्थित चपराही निम्न माध्यमिक विद्यालयको खाताबाट किर्ते गरी ५ लाख ६० हजार रुपैयाँ निकाल्ने कार्यमा संलग्न पाइएपछि सहायक प्रबन्धक खतिवडालाई प्रहरीले नियान्त्रणमा लिएको हो । अन्य दुईलाई किर्ते कागजात तयार पारी ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । कान्तिपुरमा समाचार छ ।