सम्पादकीय

स्थानीय निकाय निर्वाचन नतिजा मोबाइलमै



काठमाडौं, १६ वैशाख । आगामी स्थानीय तहको निर्वाचन नतिजा मोबाइलमा हेर्न समिते भएको छ । निर्वाचन आयोगले मतदाताको विवरण, मतदान केन्द्र र निर्वाचनको नतिजा थाहा पाउन सकिने ‘इसिएन’ नामक मोबाइल एप्स सञ्चालनमा लयएको हो ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले उक्त एप्स शुक्रबार सार्वजनिक गरे । एप्स आयोगको वेबसाइटमा वा एप्स स्टोरमा गई एन्ड्रोइड वा आइओएस दुवैमा चलाउन सकिनेछ । निर्वाचन आयेगका महासचिव लक्ष्मीप्रसाद यादवका अनुसार उक्त एप्सबाट नेपाली र अंग्रेजी दुवै भाषमा निर्वाचनसँग सम्बन्धित जानकारी लिन सकिनेछ ।

निर्वाचन आयोगका सहसचिव लक्ष्मीप्रसाद यादवका अनुसार उक्त एप्सबाट नेपाली र अंग्रेजी भाषमा निर्वाचनसँग सम्बन्धित जानकारी लिन सकिन्छ । उनका अनुसार एप्सबाट निर्वाच्न कार्यक्रम, मतदाताको विवरण र केन्द्रको जानकारी, उम्मेद्वारको विवरण, मतपरिणाम लगायतका १० विषयमा जानकारी लिन सकिन्छ ।

एप्ससँगै आयोगले कल सेन्टर पनि सञ्चालनमा ल्याएको छ । १६६००१४४२२२ नम्बरको कल सेन्टरमा नेपाल टेलिकमका नम्बरबाट फोन गर्दा पैसा लाग्नेछैन । नागरिकमा समाचार छ ।