खोटाङ, १६ बैशाख । दक्षिण कोरियामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । खोटाङको खोटेहाङ ५ चिप्रिङका ३१ बर्षीय कल्याण राई कोरियाको खङजुस्थित अपार्टमेन्टमा सुतिरहेकै अवस्थामा मृत फेला परेका हुन् ।
बैशाख २९ गते घर फर्कन लागेका राई बिहीबार मृत फेला परेको आफन्तले बताएका छन । पाँच बर्षअघि रोजगारीका लागि कोरिया पुगेका राइको मृत्युको कारण खुल्न सकेको छैन । शव नेपाल ल्याउने पहल भइरहेको छ । नागरिकमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्