काठमाडौं,१६ वैशाख । । प्रधानमन्त्री पुष्पकमल दाहालको दोहोरो खेलका कारण मुलुकको राजनीति थप जटिल बन्दै बन्दैछ । प्रधानमन्त्री दाहाल समस्या समाधान गर्नेमा भन्दा पनि उल्टै समस्या बल्झाउने खेलमा लागेका छन् ।
उनका पछिल्ला गतिविधिलाई हेर्ने हो भने दाहाल प्रमुख प्रतिपक्ष एमाले र मधेसवादी दललाई लडाउँदै आफ्नो सत्ताको आयु जसरी भए पनि लम्ब्याउने खेलमा लागेको देखिन्छ । एमालेसंग सहमति गर्ने मधेसवादी दलका नेताहरुसंग फेरी आफूले त्यसो नगरेको भन्दै झूठ बोल्ने उनको कार्यशैलीका कारण राजनीतिक समस्याले निकास पाउन नसकेको हो ।
त्यसोत दाहालले संविधान संशोधनमा दुई तिहाइ पुर्याउन कसरत जारी राखेका छन् । प्रतिपक्ष एमालेलाई सहमतिमा ल्याउने र एमाले विना दुईतिहाई पुर्याउने कसरतसँगै अघि बढाएका छन् । संशोधन विधेयकमा सहमति जुटाउन सम्भव नदेखिएपछि प्रधानमन्त्री सबै दलहरुसँग एक्ला एक्लै
छलफल गरेर सहमति खोज्ने तयारीमा छन् ।
प्रमुख प्रतिपक्षी एमाले, मधेसी दलसहित संसदीय दलहरूसँग गरेको छलफलले ठोस गति नलिएपछि दाहालले यस्तो रणनीति अख्तियार गरेका हुन् । आजैबाट छलफल सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सम्भव भएसम्म एमालेको सहमतिमा अघि बढ्ने सम्भव नभए एमालेलाई छाडेर संसोधन अगाडी बढाउने प्रधानमन्त्रीको रणनीति रहेको एक नेताले बताए । शुक्रबार साँझ, एमाले माओवादी केन्दैका नेताहरुबीचमा पनि गोप्य छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस्