Banner News

भोली सार्वजनिक गर्ने एमालेको घोषणापत्रमा वृद्ध भत्ता ५ हजार रुपियाँ दिने उल्लेख गरिएको छ



काठमाडौ,१६ वैशाख । नेकपा एमालेले जेष्ठ नागरिकलाई वृद्ध भत्ताबापत ५ हजार रुपैयाँ दिने पार्टी घोषणापत्रमा उल्लेख गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा हिजो बसेको एमाले स्थायी कमिटी बैठकले पार्टी सरकारमा पुगेपछि वृद्धभत्ता ५ हजार रुपैयाँ दिने गरी घोषणापत्र पारित गरेको हो ।

पार्टी उपाध्यक्ष वामदेव गौतम संयोजकत्वको समितिले तयार गरेको घोषणापत्रलाई स्थायी कमिटीले परिमार्जनसहित पारित गरेको छ । स्थायी कमिटीले पारित गरेको घोषणापत्रलाई अन्तिम रूप दिनका लागि बैठकले उपाध्यक्ष भीम रावल, सचिव प्रदिप ज्ञवाली र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई जिम्मेवारी दिएको छ ।

एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टीका तर्फबाट तयार भएको घोषणापत्र आइतबार सार्वजनिक गरिने बताए । एमालेले आफ्नो घोषणापत्रमा युवाहरूलाई रोजगार दिने, रेल, ऊर्जा, शिक्षा, स्वास्थ्यलगायत विभिन्न विषयमा महŒवाकांक्षी योजना समावेश गरेको छ ।