सम्पादकीय

भक्तपुरमा सबैभन्दा बढी जाम हुने क्षेत्र



भक्तपुर, १७ बैशाख । अरनिको रजामार्ग अन्तर्गत भक्तपुरको जगाती क्षेत्र जाम जोन बनेको छ । जिल्ला भरमा सबैभन्दा बढी जाम हुने क्षेत्रका रूपमा यो ठाउँ परिचित हुन थालेको छ ।

राजमार्ग अन्तर्गत सूर्यबिनायकदेखि जगातीसम्म एक किलोमिटर खण्डमा दैनिक जाम हुने गरेको हो । विशेष गरेर बिहान र बेलुका यो ठाउँमा अत्याधिक जाम हुने गरेको छ ।

काठमाडौंको कोटेश्वरदेखि(सूर्यबिनायकसम्मको सडक ६ लेनको छ । त्यही कारण सूर्यबिनायकसम्म जाम हुँदन ।

सूर्यबिनायकबाट पूर्व जाने सवारीको चाप उत्तिकै भएपनि सडक ६ लेनबाट २ लेनमा झरेपछि यो ठाउँमा अत्याधिक जाम हुने गरेको हो । नागरिकमा समाचार छ ।