मनिला, १६ वैशाख । फिलिपिन्समा शनिबार बिहान सबेरै शक्तिशाली भूकम्प गएको समाचार छ ।
अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था युएसजिएसका अनुसार ६।८ रिक्टर स्केलको मापन गरिएको थियो । यस भूकम्पमा परी दुई व्यक्ति घाइते हुनुको साथै कैयाँै भवन क्षतिग्रस्त भएका छन् ।
सो भूकम्प स्थानीय समायानुसार शनिबार बिहान ४ः२३ मा आएको थियो । यस भूकम्पको केन्द्रविन्दु मिन्दानाओ द्विपको वरपरको इलाकामा ४१ किलोमिटर गहिराईमा रेहको युएसजिएसले जानकारी दिएको छ ।
यसअघि गत अप्रिल १२ मा मध्य मिन्दानाओ प्रान्तमा आएको ६।० रिक्टर स्केलको भूकम्पको कारण कैयाँै भवन क्षतिग्रस्त भएका थिए ।
त्यसैगरी गत फेब्रुअरीमा मिन्दानाओ प्रान्तको सुरिगाओ सहरमा आएको ६।५ रिक्टर स्केलको भूकम्पमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २५० जना घाइते भएको थिए ।
गत महिना आएको ५।९ रिक्टर स्केलको भूकम्पमा परी एक व्यक्तिका मृत्यु भएको थियो ।एएफपी
प्रतिक्रिया दिनुहोस्