काठमाडौं१७ वैशाख । सत्तासिन प्रमुख दुई दलले प्रधानन्यायधीश सुशीला कार्कीविरूद्ध महाभियोग प्रस्ताव दर्ता गराएका छन् । विभिन्न आरोपहरु लगाउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका एक चौथाई सांसदले व्यवस्थापिका संसद सचिवालयमा महाअभियोग दर्ता गराइएका हुन् । दलहरुले कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् । ।
संविधानको धारा १०१ को उपधारा २ र व्यवस्थापिका संसद नियमावली २०७३ को नियम १६८ ९१० अनुसार संसद सचिवालयमा आइतबार अपरान्ह ४ बजे महाभियोग प्रस्ताव दर्ता गराएको स्रोतको दावी छ ।
कांग्रेस र माओवादी केन्द्रका २५१ सांसदको हस्ताक्षर गरेका छन् । आइजिपी प्रकरणमा पहिलोलाई दोस्रो र दोस्रो हुनेलाई पहिलो बनाई फैसला गरेको, न्यायालयको स्वतन्त्रतामा हस्तक्षेप गर्दै सीमित न्यायाधीसलाई इजलासमा राखेको लगायतका आरोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्