राजनीति

महाअभियोग प्रस्ताव अस्वभाविक–राप्रपा



काठमाडौँ, १७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले व्यवस्थापिका–संसद्मा ल्याइएको प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव अस्वभाविक रहेको जनाएको छ ।

पार्टीका प्रमुख सचेतक कुन्तीकुमारी शाहीले रासससँग कुराकानी गर्दै संविधानमा शक्तिपृथकीकरण र सन्तुलनको व्यवस्था गरिएको भए पनि त्यसलाई गलत अर्थमा प्रयोग गरी सो महाअभियोग प्रस्ताव ल्याइएकाले पार्टीको असहमति रहने बताइन ।

महाअभियोग सामान्य विषय नभएको बताउँदै उनले यसले न्यायलयलाई कमजोर बनाउनेछ भनिन ।

यसअघि पार्टीका अध्यक्ष कमल थापाले आफ्नो दलसँग सहमति तथा परामर्श नगरी सो महाअभियोग प्रस्ताव ल्याइएकामा असन्तुष्टि व्यक्त गर्दै गैरन्यायिक ढङ्गले आएको प्रस्ताव अर्थहिन रहेको ट्वीटमार्फत जनाएका थिए ।