सम्पादकीय

मतपत्र १, चिन्ह ३७४



काठमाडौं, १ जेठ ।  मतपत्र १ । त्यसमा ३ सय ७४ फरक निर्वाचन चिन्ह । काठमाडौं जिल्लाका काठमाडौं महानगरपालिकाका र विभिन्न नगरपालिकाहरुका लागि भएको निर्वाचनमा यति ठूलो मतपत्र बनाइयो कि मतदातालाई स साना कोठाको चिन्ह खोज्नै हम्मे पर्यो । आँखा तिरिमिरि भए ।

महानगरपालिकामा संसदमा प्रतिनिधित्व गर्ने १७ दलगत र स्वतन्त्रका ३ सय ५७ गरी ३ सय ७४ निर्वाचन चिन्ह थिए ।

वडा सदस्यमा दुई जनालाई मत दिनुपर्ने दलगत तर्फ दुइटा उही चिन्हसमेत थियो । छैटौं नम्बरको उक्त चिन्हलाई लिएर मतदाताले समस्या बेहोरे । सबैभन्दा बढी गुनासो यसमै रह्यो । कान्तिपुरमा समाचार छ ।