काठमाडौं, १ जेठ । म्याग्दीका एक कृषक दम्पतीले भैंसी पालेरै लाखौं रुपैयाँ पर्ने घर जग्गा जोड्न सफल भएका छन् ।
बेनी नगरपालिका ६ बाँसबोटका दुर्गाप्रसाद र हिमकुकारी पौडेलले लाखौंको सम्पत्ति जोडेका हुन् ।
२०५२ सालदेखि भैंसीपालन गर्दै आएको पौडेल दम्पतीले दूध बेचेर भएको आम्दानीबाट घर निर्माणका साथै जग्गा खरिद गरेका छन् ।
दूध बेचेर भएको आम्दानीबाट चार जना छोराछोरीको पढाई र घर व्यवहार चलाउँदै १० लाख रुपैयाँ दुई ठाउँमा सात रोपनी जग्गा खरिद गरेको कृषक दुर्गाप्रसाद पौडेलले बताए । कारोबारमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्