सम्पादकीय

मौन अवधिमा कस कसले गरे आचारसंहिता उल्लंघन



काठमाडौं, २ जेठ । स्थानीय तहको निर्वाचन अन्तर्गत निर्वाचन आयोगले तोकेको मौन अवधिमा ३९ सञ्चारमाध्यमले निर्वाचन आचारसंहिताविपरित सामग्री प्रकाशन–प्रसारण गरेको पाइएको छ।

प्रेस काउन्सिल नेपालले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा ती सञ्चारमाध्यमबाट प्रकाशन–प्रशारण भएका ७६ वटा सामग्री आचारसंहिता विपरीत पाइएको जनाएको छ । काउन्सिलले वैशाख २९ देखि ३१ गतेसम्म गरेको अनुगमनको प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदन अनुसार आचारसंहिता उल्लंघन गर्नेमा छापामाध्यम अग्रपंक्तिमा देखिएका छन् । २६ वटा छापामाध्यमा प्रकाशित ६३ वटा सामग्री निर्वाचन आचारसंहिता विपरित रहेको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै अनलाईन ९ वटा र टेलिभिजन ४ वटाले उल्लंघन गरेका छन् । पत्रकार र तिनले प्रयोग गर्ने सामाजिक सञ्जालबाट पोष्ट भएका १२ वटा सामग्रीले आचारसंहिता आकर्षित भएको पाइएको काउन्सिलले जनाएको छ ।

मौनअवधिमा पत्रकार, उम्मेदवार तथा कसैले पनि राजनीतिक दलको प्रचार–प्रसार, गालीगलौज गर्न नपाईने व्यवस्था रहेको छ । काउन्सिलका अनुसार मौन अवधि सुरु हुनुअघि ६२ वटा आमसञ्चारमाध्यमका एक सय १५ सामग्रीमा निर्वाचन आचारसंहिता उल्लंघन भएको पाइएको थियो । नागरिकमा समाचार छ ।