Banner News

अपडेटः भरतपुर महानगरमा रेणु दाहालको झिनो अन्तरले अग्रता



चितवन, २ जेठ । निकै चर्चामा रहेको भरतपुर महानगरपालिकामा काँग्रेस, माओवादी केन्द्र गठबन्धनको उम्मेदवारको झिनो अन्तरको अग्रता देखिएको छ ।

एक हजार ७३ मत गणना गर्दा माओवादी केन्द्रकी मेयर पदकी उम्मदवार रेणु दाहालले चार सय ५१ मत प्राप्त गरेकी छिन् ।

एमालेका देवी ज्ञवालीले चार सय ३१ मत प्राप्त गर्नु भएको छ । दाहाल र ज्ञवालीबीच २० मतको मात्रै अन्तर रहेको छ । राप्रपाका बद्री तिमिल्सिनाले ३४ मत प्राप्त गरेका छन् ।

भरतपुर महानगरपालिकाको वडा नम्बर १ को मतगणना भइरहेको छ ।