बेइजिङ चीन, १ जेठ । विश्वका प्रबुद्ध व्यक्तिहरुको सम्मेलन फिफ्थ थिङ्क टाङ्क समिट सोमबार बेइजिङमा सुरु भएको छ ।
सम्मेलनमा छलफलका लागि चीन र विश्वका अन्य मुलुकका गरी १०० भन्दा बढी विज्ञहरुको सहभागिता रहने सम्मेलनमा दिगो विकासका लागि विश्वको भूमिकाबारे छलफल गरिने आयोजक ‘चाइना सेन्टर फर इन्टरनेसनल एक्सजेन्ज’ ले बताएको छ ।
सम्मेलनमा विश्वव्यापीकरण, दिगो विकास, बेल्ट एन्ड रोड पहलकदमी र क्षेत्रीय एवम् विश्वव्यापी सुरक्षालगायतका विषयमा छलफल गरिने आयोजकले बताएको छ ।
विश्वभरीका अनुसन्धानकर्ता नयाँ परिवेशमा विश्वव्यापी समस्याको अध्ययनमा थप ध्यानपूर्वक अघि बढ्नुपर्ने, विश्वभर असल शासन र सुधारका कार्यक्रमलाई प्रवद्र्धन गर्नुपर्ने र अन्तर्राष्ट्रिय नियममा आवश्यक परिवर्तन गरिनुपर्नेलगायतका कुरामा जोड दिइने ‘नेसनल कमिटी अफ द चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स’ का उपप्रमुख चेन युयानले उदघाटन सत्रमा बताउनुभयो ।
उक्त अवसरमा चेनले बेल्ट एन्ड रोड इनिसिएटिभ र विश्वका नयाँ चुनौतीका विषयमा विश्वका विद्वानहरुको सहभागिताका लागि अनुरोध गर्नुभयो । उहाँले रोड एन्ड इनिसिएटिभका विषयमा आफ्ना गहकिला सुझाव आउनु भनी आग्रह गर्नुभयो ।
उक्त अवसरमा सहभागीले विश्वव्यापीकरण विकसित सामाजिक उत्पादकत्वका लागि आवश्यक सर्त भएको र वैज्ञानिक र प्राविधिक प्रगतिबारे प्राकृतिक परिणाम भएको बताएका आयोजकले बताएको छ ।
उनीहरुले विश्वको आर्थिक सुधार जटिल भएको तर यसको समाधान विश्वका कुनै समस्यालाई देखाएर पन्छिन नहुने बताए । सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्