काठमाडाै, ३ जेठ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय निर्वाचन सहभागी भएर संविधान संशोधनको पक्षमा सघर्ष गर्ने बताएका छन ।
नेपालगन्जमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष यादवले भने ,‘चुनावमा पनि लडछौ ,सडक र संसदबाट संघर्ष पनि गर्छौ, यही हो अहिलेको हाम्रो लाइन ।’ पहिलो चरण निर्वाचनपछि सरकारले संविधान संशोधन गर्ने अग्रसरता देखाएका आधारमा निर्वाचनमा सहभागी भएको बताउदै नेता यादवले भने ,‘पहिलो चरणको निर्वाचनपछि संशोधन गर्ने सर्तमा हामी चुनावमा भाग लिएकाछौ तर सरकारसँग दुई तिहाइ संख्या नै छैन, कसरी गर्ला संशोधन ? उनले संविधान संशोधन नभएपनि दोस्रो चरणको निर्वाचनमा समेत आफनो पार्टी भाग लिने बताए ।
उनले भने ,‘संविधान संशोधनको सर्तमा हामी निर्वाचन भाग लिएका हौ तर सरकारले त्यो इमान्दारिता देखाउँछ भन्ने सम्भावना एकदमै न्युन छ, दुई तिहाई छैन भन्ने वाहना बनाउँछ ,यसअघि पनि त्यस्तै बहाना बनायो, जनताले उनीहरुलाई चुनावबाट नै झापड दिने छन् ।’ उनले सरकारद्धारा पटक पटक मधेश लगायतका उत्पीडित जनता विरुद्ध बन्दुक चलाएको स्मरण गराउदै भने, ‘हामी विरुद्ध सरकारले पटक पटक बुलेट चलाएको छ,अब त्यसको उत्तर व्यालेटबाट दिने बेला आएको छ ।’
उनले संविधान संशोधनले मधेशी, मुस्लिम, आदिवासी जनजातिहरुको माग सम्बोधन गर्न नसक्ने दोहोरयाउदै भने,‘संशोधन प्रस्ताव पास भएपनि हामीलाई केही मिल्ने छैन, तर पनि बाटो खोलिदिन मात्रै हामीले संशोधनलाई स्वीकार गरेका हौ,हाम्रो माग त संविधान पुर्नलेखन नै हो ।’
उनले मधेशी, मुस्लिमलाई भोट दिएर जिताउन समेत आह्वान गरे । उहाँले स्थानीय तहमा आफु मात्रै चुनाव लडेर कब्जा गर्न खोज्ने काँग्रेस,एमाले र माओवादीको केन्द्रको सपना पुरा हुन नदिन समेत फोरम निर्वाचनमा गएको बताए ।
उनले रामजान महिनामा चुनाव गरेर सरकारले गलत गरेको बताए । उनले भने,‘तिहोर अर्थात चाडपर्वमा चुनाव नै गरिदैन,तर यो सरकारले जानी जानी रामजानमा चुनाव राखेको छ ।’ उहाँले नारायणी पश्चिमको तराई भुभागको मात्रै स्वायत्त प्रदेश हुनु पर्ने बताए । फोरमका बरिष्ठ नेता अशोक राई ठुलो दलले मधेशी, मुस्लिम लगायतका उत्पीडित जातिको उत्थान गर्न नसक्ने बताए ।
सो प्रवेश सभामा पुर्व सासद एव नेपाली काँग्रेसका नेता मेराज अहमद साह र महासमिति सदस्य रिजवान अहमद साह,सत्यनारायण वर्मा,दिपक लखेर लगायत ठुलो सख्यामा काँग्रेस छोडेर फोरम प्रवेश गरेका छन । सोही प्रवेश कार्यक्रममा एमाले,माओवादी र राप्रपाका स्थानिय नेताहरु पार्टी परित्याग गरि फोरममा प्रवेश गरेको फोरमका केन्द्रीय सदस्य एव पुर्वमन्त्री मो।इस्तियाक राइले बताए । अन्नपुर्णमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्