राजनीति

टोखामा एमाले विजयी



काठमाडौँ, ४ जेठ । टोखा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।

नगरपालिका प्रमुखमा एमालेका प्रकाश अधिकारी र उपप्रमुखमा एमालेकै ज्ञानमाया डङ्गोल विजयी हुनुभएको निर्वाचन अधिकृत दीनबन्धु बरालले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार मत गणना सकिए पनि अन्तिम घोषणा गर्न केही समय लाग्नेछ ।