Banner News

कीर्तिपुर नगरपालिकामा एमाले विजयी



काठमाडौँ, ५ जेठ । कीर्तिपुर नगरपालिकाका प्रमुख पदमा नेकपा एमाले का रमेश महर्जनले सात हजार ३६० मत प्राप्त गरी विजयी भएका छन ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार राजकुमार नकर्मीले छ हजार ६१६ मत प्राप्त गरेका छन।

उपप्रमुख पदमा नेकपा एमाले का उम्मेदवार सरस्वती खड्का छ हजार ८१० मत प्राप्त गरी विजयी भएकि छिन । सो पदमा नेपाली काँग्रेसका विमला विष्ट छ हजार ४३ मत प्राप्त गरेकि छन ।