Banner News

भक्तपुर नगरपालिका मा नेमकिपा कै बर्चस्व प्रमुखमा भारी मतले प्रजापति विजयी



भक्तपुर, ५ जेठ । भक्तपुर नगरपालिकाका प्रमुखमा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति भारी मतको अन्तरले विजयी भएकाछन ।

आज राति १० बजे सार्वजनिक भएको मत परिणामानुसार २५ हजार ५६८ मत प्राप्त गर्दै प्रजापति नगर प्रमुखमा अत्याधिक बहुमतले विजयी भएकाहुन ।
उनका निकटतम प्रतिद्घन्द्घी नेपाली काँग्रेसका रामप्रसाद कासुलाले छ हजार ५३२ र एमालेका विष्णु सुवालले चार हजार २१० मत प्राप्त गरेका छन ।
त्यसैगरी उपप्रमुखतर्फ नेमकिपाकै रजनी जोशीले २५ हजार ६५८ मत प्राप्त गर्दै अत्याधिक बहुमतले विजयी हासिल गरेकि छन ।
जोशीका निकटतम प्रतिद्धन्द्धी काँग्रेसकी गङ्गालक्ष्मी अवालले छ हजार ५६० र एमालेकी कृष्णमाया त्वायनावासुले छ हजार ५८७ मत प्राप्त गरेका छन ।
विगतमा नेमकिपाका केन्द्रीय सचिव, सांसद हुँदै प्रजापति अहिले नगर प्रमुखमा विजयी हुनु भएको छ । ख्पव इन्जिनियरिङ कलेजको उपप्राचार्यबाट राजीनामा दिएर आउनु भएकी जोशी उपप्रमुख भएकिछन।
त्यसैगरी वडा नं। १० मा नेमकिपाका लक्ष्मीप्रसाद ह्योमिखा दुई हजार ११३ मत प्राप्त गरी विजयी हुनु भएका छन । उहाँका निकटतम प्रतिद्धन्द्धी काँग्रेसका कृष्णकुमार सुवालले ४३२ र एमालेका पुण्यराम घटुवले ३५० मत प्राप्त गरेका छन ।
नेमकिपाबाट वडाका महिला सदस्यमा २०४६ सालको जनआन्दोलनको सहिद पुष्परत्न शाक्यकी श्रीमती विजयलक्ष्मी शाक्य तथा अन्यमा ज्ञानकुमार मगजू र जितेन्द्र मुनकर्मी विजयी भएकाछन ।
नगरपालिकामा १० वटै वडामा नेमकिपाले विजय हासिल गरेको छ । कुल ५२ हजार ९३० मतदाता रहेको नगरपालिकामा ४४ हजार १८६ मत खसेको थियो ।