काठमाडौं, ६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि आफूले टेलिभिजन हेर्न छोडिदिएको बताए । शुक्रबार दिउँसो चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयको भवन उद्घाटन गर्दै प्रधामन्त्री प्रचण्डले यस्तो बताएका हुन ।
‘निर्वाचन सकिएको दिनबाट मैले टीभी नै हेर्न छोडिदिए, किनकी मलाई कसले जित्छ भन्ने कुराको चिन्ता छैन’, प्रधानमन्त्री प्रचण्डले भने, ‘निर्वाचन सफल हुनु नै मेरोलागि जित हो, कांग्रेस र एमालेले जिते पनि मेरो नै जित हुन्छ।’
प्रधानमन्त्री प्रचण्डले निर्वाचन भइसक्दा राष्ट्रले जितेको अनुभूति आफूले गरेको समेत बताएका छन । प्रचण्डले पहिलो निर्वाचन सफल भएपछि सरकार दोस्रो चरणको निर्वाचनको तयारीमा अगाडि बढेको जानकारी गराए ।
‘पहिलो चरणको निर्वाचनमा देखिएको उत्साहले हामीलाई दोस्रो चरणको निर्वाचनको तयारी गर्ने थप ऊर्जा मिलेको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘अर्को निर्वाचन कसरी अझ राम्रो बनाउने भन्ने विषयमा छलफल गरेर अगाडि बढ्ने तयारी भइराखेको छ।’
निर्वाचन सम्पन्न भएपछि नयाँ युगको प्रारम्भ भएको समेत दाबी प्रधानमन्त्री प्रचण्डको छ। प्रधानमन्त्रीले निर्वाचनमा जनताको सहभागिताले निर्वाचन सफल भएको पुष्टि भएको समेत बताए । अन्नपूर्णमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्