Banner News

काठमाडौँ,महानगरपालिका मा ४० हजार को मतगणनामा एमाले नै अगाडि



काठमाडौँ, ६ जेठ । राति अबेसम्मको मत परिणामानुसार कामपामा नेकपा एमाले नै अगाडि रहेको छ ।

महानगरपालिका प्रमुखमा नेकपाएमाले का विद्यासुन्दरसुन्दर शाक्य १२ हजार नौ सय ८२ मत ल्याएर अगाडि हुुनुहुन्छ । त्यस्तै नेपाली काँग्रेसका राजुराज जोशीले आठ हजार नौ सय १२, विवेकशील पार्टीकी रञ्जु न्यौपानेले पाँच हजार एक सय ८९ र साझा पार्टीका किशोर थापाले तीन हजार ६२ मत प्राप्त गर्नुभएको छ । नेकपामाओवादी केन्द्र का सर्वोत्तमदास डङ्गोलले भने एक हजार चार सय तीन मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीले ११ हजार पाँच सय १० र राप्रपाका राजाराम श्रेष्ठले छ हजार छ सय ५१ मत प्राप्त गर्नुभएको छ । अहिलेसम्म कामपामा लगभग ४० हजार मतगणना भएको प्रमुख निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो । मतगणना १, २, २७ र २८ वडाको सम्पन्न भएको र १३ स्थानको जारी रहेको बताइएको छ ।