Banner News

चाँगु–३ र ४ मा एमाले विजयी प्रमुख उपप्रमुखमा अगाडी



भक्तपुर, ६ जेठ। चाँगुनारायण नगरपालिका– ३ र ४ मा एमालेको समूह नै विजयी भएका छन् । वडा नं ३ का वडाध्यक्षमा श्यामसुन्दर धिमाल एक हजार तीन सय २६ मत ल्याई विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी काँग्रेसका धर्मराज थापा मगरले एक हजार एक सय २८ मत पाउनुभएको छ । महिला सदस्यमा रमा थापा र दलित महिलामा सुष्मा सुनुवार तथा खुलामा नवराज गेलाल र प्रेमबहादुर बाकु विजयी हुनुभएको छ ।

चाँगुनारायण नगरपालिका–४ मा एमालेका बुद्धलाल महर्जनको समूह विजयी भएको छ । महर्जनले एक हजार चार सय ५६ र उहाँका प्रतिद्वन्द्वी काँग्रेसका गोपालप्रसाल पोख्रेलले सात सय २५ पाउनुभएको छ । त्यस्तै महिला वडा सदस्यमा सपना तामाङ र दलित महिला सदस्यमा राममाया मिजार तथा सदस्यद्वयमा दिनेश खनाल र रोजबहादुर तामाङ विजयी हुनुभएको छ ।

हालसम्म चाँगुनारायण नगर प्रमुख उम्मेदवार एमालेका सोम मिश्रले तीन हजार आठ सय ७६ र उपप्रमुखका उम्मेदवार बिना बाँस्तोलाले तीन हजार नौ सय ९२ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ । यस्तै प्रमुखमा काँग्रेसका उम्मेदवार राजाराम खड्काले तीन हजार एक सय ७७ र उपप्रमुख उम्मेदवार सरु बानियाँले तीन हजार छ सय ६२ मत प्राप्त गर्नुभएको छ ।