राजनीति

सूर्यविनायक वडा नं ९ मा पत्रकार केसी विजयी



भक्तपुर, ७ जेठ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ९ मा पत्रकार उपेन्द्र केसीको प्यानलै विजयी भएको छ ।

नेकपा एमाले बाट वडा नं ९ को वडाध्यक्षमा उम्मेदवारी दिनुभएका उपेन्द्र केसीको प्यानल नै विजयी भएको हो । केसीले कुल एक हजार २५८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका माधव खत्रीले ६८१ मत प्राप्त गर्नुभएको छ ।

विजयी हुनेमा महिला सदस्य जुनुमाया तामाङ, दलित महिला सदस्य अनु बयलकोटी, सदस्यमा श्रीराम व्याञ्जु र विनय महत रहनुभएको छ । केसी १३ वर्षसम्म छलफल साप्ताहिकका कार्यकारी सम्पादक हुँदै हाल आमसञ्चार डटकम अनलाइनका सम्पादक भएर कार्य गरिरहनुभएको छ । यसअघि उहाँ पे्रस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष हुनुहुन्थ्यो ।