सम्पादकीय

सरकारको नीति तथा कार्यक्रम आइतबार, प्राथमिकतामा संविधान र ठूला आयोजना



काठमाडौं, ८ जेठ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार आर्थिक वर्ष ०७४/७५ को नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने भएकी छन्  ।  आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो ।

सरकारको निर्णयपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिसँग छलफल गर्न शीतलनिवास पुगेका थिए ।

राष्ट्रपतिले सोमबार दिउँसो १ बजे संसद्को अधिवेशन आह्वान गरिसकेकी छन् । राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमको आधारमा सरकारले १५ जेठमा बजेट प्रस्तुत गर्दैछ  ।  नयाँ पत्रिकामा समाचार छ ।