Banner News

पोखरा–लेखनाथ मनपाको स्थगित मतगणना पुनः सुरु



पोखरा, ८ जेठ । गत शनिबारदेखि स्थगित पोखरा–लेखनाथ महानगरपालिकाको मतगणना आज दिउँसोबाट पुनः सुरु भएकोे छ ।

वडा नं १७ बाहेकका १६, १८ र १९ वडाको मतगणना सुरु गरिएको क्षेत्रीय निर्वाचन अधिकारी गङ्गालाल सुवेदीले जानकारी दिनुभयो । आज बिहान भएको सर्वदलीय बैठकले अन्य वडाको मतगणना कार्यलाई अगाडि बढाउने निर्णय गरेको थियो ।

विवादित १७ नं वडाको भने मुख्य निर्वाचन अधिकृतको कार्यालयले थप कागजपत्र देखाएपछि गणना सुरु गर्ने निर्णय भएको बताइएको छ ।