काठमाडाँै, ९ जेठ । काठमाडाँै महानगरपालिकाको आज बिहान सम्म एक लाख १२ हजार ५४४ मतगणना हुँदा नेकपा एमाले को अग्रता कायमै रहेको छ ।
मतगणनाअनुसार महानगरपालिकाको प्रमुख पदका उम्मेदवार एमालेका विद्यासुन्दर शाक्यको ३७ हजार १५८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महानगर प्रमुख पदका उम्मेदवार राजुराज जोशीले २७ हजार ५५७ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी, विवेकशील पार्टीको तर्फबाट महानगर प्रमुख पदका उम्मेदवार रञ्जु दर्शनाले १३ हजार ७३ मत प्राप्त गर्नुभएको छ । साझा पार्टीका किशोर थापाले १० हजार ३२७ मत प्राप्त गर्नुभएको छ भने नेकपा माओवादी केन्द्र का उम्मेदवार सर्वोत्तम डङ्गोलले चार हजार ५६ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, उपप्रमुख पदका लागि नेपाली काँग्रेसका उम्मेदवार हरिप्रभा खड्गीले ३५ हजार ४०५ मत प्राप्त गर्नुभएको छ । राप्रपाका उपप्रमुख पदका उम्मेदवार राजाराम श्रेष्ठले १९ हजार ६४३ प्राप्त गर्नुभएको छ ।
माओवादी केन्द्रका उपप्रमुख पदमा सुशीला पौडेलले पाँच हजार ३९१ र साझा पार्टीका निरुपमा यादवले छ हजार ९७८ मत प्राप्त गर्नुभएको छ ।
गत वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा काठमाडाँै महानगरपालिकामा एक लाख ७२ हजार ६८३ मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्