Banner News

देशबासीका नाममा गर्ने भनिएको प्रधानमन्त्रीको संबोधन सिंहदरबारबाटै



काठमाडौं १० जेठ । व्यवस्थापिका संसदको बैठक सुचना टाँस गरेर स्थगित भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अवरोधका कारण बस्न नसकेको हो । संसद बैठकलाई विशेष सम्वोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजिनामा दिने तयारी गर्नु भएको थियो ।

संसद बैठक सुचारु गर्न प्रमुख दल बीच छलफल भएपनि सहमतिमा नपुगेको कारण मंगलबार बोलाइएको संसद बैठक पनि एमाले अबरोधका कारण स्थगन भएको थियो । संसद सुचारु नभए सिंहदरवारबाटै देशवासीलाई सम्बोधन गर्दै राजीनामा दिने प्रधानमन्त्रीको तयारी छ ।

प्रधानमन्त्रीले मंगलबार नै संसदलाई सम्बोधन गर्दै राजीनामा दिने तयारी गर्नुभएको थियो । स्थानीय तहको संख्या बृद्धि भएकोमा एमाले असहमत हुदै आएको छ ।