सम्पादकीय

ओलीलाई प्रचण्डको जवाफ : प्रश्न सही, नियत गलत



काठमाडौं, ११ जेठ । प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकार गठन हुँदै गर्दा एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उठाएको प्रश्नको जवाफ घुमाउरो पारामा दिएका छन् ।

सत्ता सहयात्री दल नेपाली कांग्रेससँग सरकार गठनका बेला भएको सहमतिअनुसार राजीनामा दिने क्रममा राष्ट्रलाई सम्बोधन गर्दै उनले भने, ‘जब म प्रधानमन्त्रीको उम्मेद्वार थिएँ, एकथरी साथीहरुले सोधेका थिए ।, ‘फास्ट ट्रयाक के हुन्छ ? ओबीओआर के हुन्छ ? हुलाकी मार्ग के हुन्छ ?’ उनले भने, ‘ती प्रश्न गलत थिएनन् , तर सोध्नेहरुको नियत सही थिएन ।’

फास्ट ट्रयाकलाई लिएर सरकारमाथि नियोजित दुष्प्रचारको अभियान चलाइएको भन्दै उनले ओलीका अधिकांश प्रश्नको काम गरेर उत्तर दिएको बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘आज म यो सम्बोधनबाट जवाफ दिँदै छु, फस्ट ट्रयाक बन्ने ज्ञारेन्टी भयो । केही दिनमै म त्यसको शिलान्यास गर्दै छु ।’राजधानी दैनिकमा समाचार छ ।