सम्पादकीय

अझै बढ्छ गर्मी, कारण यस्तो



काठामाडौं, १२ जेठ । केही दिनयता बढिरहेको तापक्रमको मात्रा अझै बढ्ने भएको छ । तत्काल बर्षाको सम्भावना नरहेकाले मुलुकका अधिकांश स्थानमा अझै गर्मी हुर्ने विज्ञहरुको ठहर छ ।

सक्रिय मनसुन सुरु नभएसम्म तापक्रम स्वभाविक रुपमा बढ्ने भएकाले गर्मी घट्न मनसुन नै कुर्नुपर्ने बरिष्ठ मौसमविद मणिरत्न शाक्य बताउँछन् ।

उनले भने, ‘मनसुन सुरु हुन एक–डेढ हप्ताअघि प्राय केही बढी नै गर्मी हुन्छ, अहिले प्रि–मनसुनको समय भएकाले गर्मी बढ्नु स्वभाविक प्रक्रिया हो ।’ नेपाल समाचारपत्रमा समाचार छ ।