Banner News

पोखरा लेखनाथ महानगरपालिकामा एमाले विजयी



पोखरा, १२ जेठ । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुखमा नेकपा एमाले का मानबहादुर ६० हजार ११८ मत ल्याई विजयी हुनभएको छ ।

उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी महानगरपालिका उपप्रमुखमा एमालेकी मञ्जु गुरुङ ५६ हजार ४४८ मत ल्याई विजयी हुनुुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३३८ मत प्राप्त गर्नुभएको छ ।