काठमाडौं, १३ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकारको पक्षमा मुख खोलेका छन । प्रतिनिधिसभाको निर्वाचनको जनमत आएपछि मात्रै सरकारमा सहभागी हुने घोषणा गर्दै आएको एमालेका अध्यक्ष ओलीले शुक्रबार राष्ट्रिय सहमतिको सरकारको पक्षमा वकालत गरेका छन ।
उनले राष्ट्रिय सहमतिको सरकार गठनका लागि अन्य राजनीतिक दलहरुलाई पनि आग्रह गरेका छन । व्यवस्थापिका संसदको बैठकबाट शुक्रबार बाहिरिने क्रममा एमाले अध्यक्ष ओलीले राष्ट्रिय सहमतिको सरकारको पक्षमा वकालत गरेका हुन ।
‘हामी राष्ट्रिय सहमतिको सरकारको पक्षमा छौ’ओलीले भन्नुभयो । कसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार भन्ने पत्रकारहरुको जिज्ञासामा अध्यक्ष ओलीले भने ‘जो योग्य र जसलाई सबैले मान्छन,त्यहि व्यक्तिको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्छ ।’
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार राष्ट्रिय सहमतिको सरकार गठन गर्न राजनीतिक दलहरुलाई आब्हान गरेका थिए । अन्नपुर्णमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्