सम्पादकीय

निर्वाचनको प्रतिकार गर्ने राजपाको घोषणा



काठमाडौं, १३ जेठ । राष्ट्रिय जनता पार्टीले आगामी जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई सशक्त प्रतिकार गर्ने घोषणासहित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टीको अध्यक्षमण्डलको शुक्रबार बसेको बैठकपछि पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको हो ।

राजपाले पत्रकार सम्मेलन गरेर जेठ १३ गते मसाल जुलुस, जेठ १४ गते लाठी जुलुस, जेठ १५ गते बृहत अन्तरक्रिया, जेठ १६ गते निर्वाचन हुने केन्द्रमा तालाबन्दी गर्ने कार्यक्रम घोषणा गरेको छ । सँगै जेठ १८ र १९ गते निर्वाचन हुने क्षेत्रमा बन्दको घोषणा समेत राजपाले गरेको छ ।

जेठ २० गतेदेखि निर्वाचन विथोल्ने गरी थप कार्यक्रम आगामी साता सार्वजनिक गर्ने जानकारी पत्रकार सम्मेलनमा गराइएको छ । सत्ता गठबन्धनले नयाँ सरकार गठनमा राजपाले समर्थन गर्ने र निर्वाचनमा पनि राजपा सहभागी हुने अपेक्षा राखेको समयमा आन्दोलनका कार्यक्रम सार्वजनिक भएका हुन् ।

निर्वाचन आयोगले पार्टी दर्ता गरेर चुनाव चिन्ह दिनु पर्ने र संविधान संशोधन हुनु पर्ने मागलाई चुनावमा सहभागिताको शर्तका रुपमा सो पार्टीले अगाडि सारेको छ । ६ वटा मधेस केन्द्रित दल मिलेर बनेको राजपा निर्वाचन आयोगमा दर्ता छैन। पार्टी एकीकरण अघि ६ वटै दलले पूरानो चुनाव चिन्ह, लोगो र झण्डा प्रयोग नगर्ने निर्णय गरेका थिए । अन्नपुर्णमा समाचार छ ।