Banner News

महाभियोग प्रस्ताव फिर्ता हुँदै सुवास नेम्वाङ



काठमाडौँ, १३ जेठ । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले व्यवस्थापिका–संसद्मा दर्ता भएको प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव भोलि आइतबार बिहानसम्ममा फिर्ता हुने बताउनुभएको छ ।

गत वैशाख १७ गते कार्कीविरुद्ध सत्तारुढ नेपाली काँग्रेस र नेकपा ९माओवादी केन्द्र०का २४९ सांसदले सो प्रस्ताव दर्ता गरेपछि एमालेले न्यायालयमाथिको हस्तक्षेप भएको भनी विरोध गर्दै आएकोमा आज प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा प्रस्ताव फिर्ता लिने सहमति भएको थियो । सर्वोच्च अदालतकै आदेशबाट प्रधान न्यायाधीश कार्की नियमित काममा फर्किसक्नुभएको छ ।

उपनेता नेम्वाङले सहमतिअनुसार आजै साँझ वा भोलि बिहानसम्ममा सो प्रस्ताव फिर्ता हुने बताउँदै संसद्मा अवरोध गर्ने आफ्नो पार्टीको चाहना नभई सरकारको गलत व्यवहारका कारण अवरोध भएको दाबी गर्नुभयो ।