काठमाडौँ, १४ जेठ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका नेकपा (एमाले)का विद्यासुन्दर शाक्य विजयी भएका छन् ।
उनले ६९ हजार आठ सय ५० मत ल्याएका छन् । उनको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका राजुराज जोशी २१ हजार एक सय सात मत अन्तरले पराजित भएका छन् । जाशीकाे ४८ हजार सात सय ४१ मत ल्याएका छन् ।
निर्वाचनबाट उपप्रमुखमा कांग्रेसकी हरिप्रभा खड्गी विजयी भएकी छिन् । निर्वाचन कार्यालयले औपचारीक घोषणा गर्न भने बाँकी नै छ । मतगणना सुरु भएको १४ दिनमा गणना सकिएको हो ।
प्रतिक्रिया दिनुहोस्