काठमाडौं, १४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो चरणको निर्वाचनको सुनिश्चितताका लागि मिल्न नसकेका विषयमा प्याकेजमै सहमतिको प्रस्ताव गरेका छन् ।
राष्ट्रिय जनता पार्टी नेपालले ३१ जेठको निर्वाचनअघि नै संविधान संशोधन र स्थानीय तहको संख्या थप गर्नुपर्ने विषयमा अडान राखेपछि शनिबार बालुवाटारमा भएको प्रमुख चार दलको बैठकमा प्रधानमन्त्रीले प्याकेजमै सहमति खोज्नुपर्ने प्रस्ताव गरेका हुन् ।
राजपालाई पनि मनाएर दोस्रो चरणको निर्वाचनमा सहभागी गराउन प्रमुख तीन दलले अन्तिम प्रयास गरिरहेका छन् ।
शनिबार साँझ झन्डै पाँच घन्टा चलेको सामूहिक र छुट्टाछुट्टै छलफलमा शीर्ष नेताहरूले राजपा नेताहरूलाई मनाउन विभिन्न विकल्पमा छलफल गरेका थिए । ‘प्रधानमन्त्रीले पनि मोर्चालाई निर्वाचनमा ल्याउन संविधान संशोधन, स्थानीय तहको संख्याको विषयमा प्याकेजमै सहमति गरेर जाउँ भन्ने प्रस्ताव गर्नुभएको छ,’ प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले भने, ‘भोलि एकपटक बसेर केही न केही निकास निकाल्ने गरी छलफल गर्ने भन्ने भएको छ ।’ नयाँ पत्रिकामा समाचाचार छ ।










प्रतिक्रिया दिनुहोस्