Banner News

वडा नं १४ मा एमालेको महिला वडाध्यक्ष बिजयी



काठमाण्डौ १४ जेष्ठ । एमालेको तर्फबाट महिला वडाध्यक्षमा एक मात्र महिला उम्मेदवार शोभा सापकोटाले तीन हजार ८०७ मत ल्याएर विजय हासिल गर्नुभएको हो । कामपाका अन्य वडामा सबै ठूल पार्टीले वडाध्यक्षमा पुरुषलाई नै उम्मेदवार बनाएका थिए ।

३२ वडा रहेको कामपामा दुई हप्ता लगाएर आज बिहान सबै वडाको मत परिणाम सार्वजनिक गरिएको हो ।