सम्पादकीय

अब आवेदकलाई कम्तिमा १० कित्ता सेयर



काठमाडौँ, १५ जेठ । सेयरका लागि आवेदन दिने तर नपाउने समस्याले सर्वसाधारण लगानीकर्ता निराश भइरहेका छन्। अब भने त्यस्तो दिग्दारी खेप्नु नपर्ने भएको छ ।

हरेक आवेदकले अनिवार्य रूपमा १० कित्ता सेयर पाउने भएका छन्। नेपाल धितोपत्र बोर्डले साउनदेखि हरेक आवेदकले कम्तिमा १० कित्ता सेयर पाउने व्यवस्था गर्न लागेको हो ।

बोर्डले सेयर व्यवहारिक रूपमा वितरण गर्न नसकिएको भन्दै त्यसलाई परिमार्जन गरेर कम्तिमा हरेक व्यक्तिलाई १० कित्ता दिनुपुर्ने व्यवस्था गर्न लागेको हो । नागरिक दैनिकमा समाचार छ ।