सम्पादकीय

जसले आफैंलाई भोट दिएनन्



काठमाडौं, १६ जेठ । स्थानीय निर्वाचनमा महानगरपालिका र नगरपालिकाको प्रमुख पद दाबी गर्दै उम्मेदवारी दिएका कतिपयले आफूलाई पनि भोट नदिएको पाइएको छ ।

वैशाख ३१ मा भउको निर्वाचनमा काठमाडौं उपत्यकाका तीन जिल्लाबाट प्रमुखमा उममेदवारी दिएका १६ जनाले आफूलाई पनि मत दिएका छैनन् ।

किनकी उनीहरुले एक मत पनि पाउन सकेका छैनन् । प्रमुख पदमा उम्मेदवार बनेका १४ जनाले आफ्नो मात्र (एक) मत पाएका छन् । नागरिकमा समाचार छ ।