राजनीति

नयाँ शक्ति पार्टीको घोषणापत्र सार्वजनिक



काठमाडौँ, १८ वैशाख । नयाँ शक्ति पार्टी, नेपालले स्थानीय तहको निर्वाचनका लागि आर्थिक विकास तथा समृद्धिलाई विशेष प्राथमिकतामा राखेर आज आफ्नो प्रतिबद्धता पत्र घोषणापत्र सार्वजनिक गरेको छ ।

सो पार्टीले यहाँ आज पत्रकार सम्मेलनको आयोजना गरी समतामूलक समृद्धि, समानुपातिक÷समावेशी÷सहभागितामूलक लोकतन्त्र, सुशासन÷सदाचार, स्वाधीनता÷सदाचार, स्वाधीनता÷सार्वभौमिकता र समुन्नत समाजवादसहित पाँच ‘स’ लाई चुनावी प्रतिबद्धताका रूपमा अघि सारेको जानकारी दिएको छ ।

पार्टीका संयोजक डा बाबुराम भट्टराईले प्रतिबद्धता–पत्र सार्वजनिक गर्दै आगामी पाँच वर्ष, १५ वर्ष र २५ वर्षमा गर्न सकिने आर्थिक विकास तथा समृद्धिका लागि विभिन्न सूचकाङ्कसमेत सार्वजनिक गर्नुभयो ।

पच्चीस वर्षमा प्रति व्यक्ति आय १५ हजार डलर पु¥याउने, पाँच वर्षमा कुल ग्रार्हस्थ बचत कुल ग्रार्हस्थ उत्पादनको २० प्रतिशतसम्म पु¥याउने, वार्षिक तीन लाख रोजगारी सृजना गरी रोजगारीमा जाने सङ्ख्या प्रतिदिन पाँच सयमा झार्ने, १५ वर्ष मुनि र ६५ वर्षमाथिको जनसङ्ख्यालाई निशुल्क स्वास्थ्य सेवा प्रवाह गर्ने तथा पर्यटन क्षेत्रको आधुनिकीकरण गरी वार्षिक रुपमा नेपाल आउने पर्यटकको सङ्ख्या २० लाख पु¥याउने लक्ष्य रहेको सार्वजनिक गरिएको प्रतिवद्धता पत्रमा उल्लेख छ ।

यसैगरी ‘अवको निकाश, आर्थिक विकास– समृद्धि सम्भव छ, हाम्रै पालामा’ भन्ने मूल नाराका साथ सार्वजनिक गििरएको उक्त प्रतिवद्धता पत्रमा समतामूलक समृद्धि, समावेशी÷समानुपातिक÷सहभागितामूलक लोकतन्त्र, आर्थिक विकास र समृद्धिको मार्गचित्र, विकासको अवधारणा र नीति, आर्थिक क्रान्तिका निम्ति विशेष प्रतिबद्धता, लगानीको स्रोत, सिर्जना गरिने रोजगारीको सङ्ख्या, कृषि र पशुपालन, औद्योगिक विकास, पर्यटन, शिक्षा, स्वास्थ्यलगायतका विषय सेटिएको छ