राजनीति

बेनी नगरपालिका प्रमुखमा नेकपा एमाले का तर्फबाट श्रेष्ठ



म्याग्दी १९ वैशाख । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकाख को प्रमुखपदको उम्मेदवारमा नेकपा एमाले ले प्रमोद श्रेष्ठलाई चुनावी मैदानमा उतारेको छ ।

सोमबार राति नेकपा ९एमाले० म्याग्दीले उम्मेदवारको टुङ्गो लगाएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष एवम् उद्योगी श्रेष्ठको नाम टुङ्गो लागेको नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिए ।

एमाले म्याग्दीले प्रमोद श्रेष्ठ, सुरत केसी र राजकुमार थापाको नाम जिल्ला कमिटी हुँदै प्रदेश नं ४ को कमिटीमा सिफारिस गरेको थियो ।

आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । यसैबीच नेपाली काँग्रेसबाट हरिकुमार श्रेष्ठको नाम टुङ्गो लागेपछि चुनावी अभियान सुरु भइसकेको छ । १० वटा वडा रहेको बेनी नगरपालिकाभित्र पुरुष आठहजार पाँचसय तीन, महिला नौहजार आठसय ४२ गरी कुल १८ हजार तीनसय ४५ जना मतदाता रहेका छन् । रासस