काठमाडौँ, १९ वैशाख । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल भएपछि काठमाडौँ महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा राप्रपाबाट राजाराम श्रेष्ठलाई उठाउने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपाका अध्यक्ष कमल थापाबीच सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको बताइएको छ ।
यता एमालेमा मेयरका लागि स्थापितसँगै जीवनराम श्रेष्ठ, विद्यासुन्दर शाक्य र गौरी प्रधानका विषयमा पनि छलफल भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्