शैक्षिक

कतारमा कार्यरत नेपालीलाई सहुलियत दिन माग गर्दै कतारी राजदूतलाई ज्ञापन पत्र



मो. इमरान खान

कपिलवस्तु, १९ बैशाख । विश्व मजदूर दिवसको अवसरमा कतारमा कार्यरत नेपाली मजदूरहरुको हकअधिकारको ग्यारेन्टीको मागसहित नेपालका लागि कतारी राजदूत युसूफ मोहम्मद अलहीललाई ज्ञापन पत्र बुझाइएको छ ।

राष्ट्रिय मदरसा संघ नेपालका केन्द्रिय अध्यक्ष डा. अब्दुलगनी अलकूफी र महासचिव मौलाना मशहूद खाँ ‘नेपाली’ले ज्ञापन पत्र बुझाएका हुन ।

नेपालका लागि कतारी राजदूत युसुफ मोहम्मद अलहीललाई संघ ज्ञापन पत्र बुझाउँदै कतारमा कार्यरत लाखौं नेपाली कामदारहरुको सेवा सुविधामा सहुलियत दिन अपिल गरेका छन ।

विश्व मजदूर दिवसको अवसरमा संघका केन्द्रिय अध्यक्ष डा. अब्दुलगनी अलकूफी र महासचिव मौलाना मशहूद खाँ ‘नेपाली’ राजदूताबासमा राजदुत अलहीललाई ज्ञापन पत्र बुझाएका हुन् ।

ईस्लामको ऐनमा मजदूरको मजदूरी उसको निधारको पसिना सुक्नुभन्दा पहिले दिनुपर्ने व्यवस्थालाई अबिलम्ब पालना गर्न मदरसा संघले ज्ञापन पत्रमार्फत कतारका राजदूत अलहीलसँग माग गरिएको छ ।

कतार राज्यको श्रम ऐन २०१६ र कतार राज्यको आप्रवासी कामदारको निर्देशिका बमोजिम कतारमा कार्यरत हरेक नेपालीलाई शान्तिसुरक्षाको प्रत्याभूति र श्रमको उचित मूल्य निर्धारण गर्न माग गरिएको छ ।

नेपालका लागि कतारी राजदूत अलहीलले ज्ञापन पत्र ग्रहण गर्दै नेपाली कामदारको इमान्दारिता र कामप्रति आफू एकदमै सन्तुष्ट रहेको बताए । राजदूत का अनुसार नेपाली कामदार जस्तो महेनाती, इमानदार तथा लगनशिलताका साथ काम गर्ने अरु कोइ छैनन ।

राजदूत अलहीलले मदरसा संघको अपिललाई अबिलम्ब कार्यान्वयनका लागि आफूले कतारी सरकारसँग भरपूर कोशिश गर्ने प्रतिबद्धता जाहेर गरे ।

आप्रवासी कामदारको हकअधिकारका लागि श्रम ऐन र निर्दे्शिका तयार पारिएको इंकित गर्दै राजदूत अलहीलले नेपाली कामदारलाई पसिनाको उचित मूल्य दिने आश्वासन दिए ।

नेपाली कामदारलाई कतार राज्यको श्रम ऐन र निर्दे्शिकामा व्यवस्था भएअनुसार हरेक सेवासुविधा उपलब्ध गराउने राजदूत अलहीलले आश्वासन दिएको मदरसा संघ नेपालका केन्द्रिय महासचिव मौलाना मशहूद खाँ ‘नेपाली’ले जानकारी दिए ।

राजदूत अलहीलले कपिलवास्तु जिल्लाको कृष्णनगरको जामिया सिराजुल उलूम अल सलफियामा भ्रमण गर्न छिटै आउने समेत बताए ।